सहारा क्लबको अध्यक्षमा सुरज गुरुङ निर्वारोध

पोखरा, (खेलाडी)– पोखराको सहारा क्लवको अध्यक्षमा हरीराम गुरुङ्ग (सुरज) निर्वारोध चयन भएका छन्। क्लवको २३ औं बार्षिक साधारण सभा तथा १२ औं महाधिवेसनबाट यस अघि बरिष्ठ उपाध्यक्षमा रहेका गुरुङ अध्यक्षमा चयन भएका हुन्।

त्यसै गरी दुई बर्षीय कार्यकालको लागि क्लवको वरिष्ठ उपाध्यक्षमा केशबराज बराल, उपाध्यक्षमा चित्रबहादुर पुन, महासचिवमा रामजी प्रसाद अधिकारी, सचिवमा सुनिल राना मगर, कोषाध्यक्षमा नवराज अधिकारी, सह—कोषाध्यक्षमा विनु राना मगर रहेका छन् । त्यस्तै क्लवको सदस्यहरुमा रोजिना गुरुङ्ग, ज्योति के. सी., शंकर सुवेदी, अतित गुरुङ्ग, मनमाया तामाङ्ग र मनोज थापा रहेका छन् । क्लवको निवर्तमान अध्यक्षमा केशव बहादुर थापा रहेका छन्।