गौतम विश्‍व र्‍याफ्टिङ महासंघमा

काठमाडौं, (खेलाडी)- नेपाल र्‍याफ्टिङ तथा क्यानोइङ संघका महासचिव सुदीपराज गौतम विश्‍व र्‍याफ्टिङ महासंघको बोर्ड सदस्यमा चयन भएका छन् ।

विश्‍व र्‍याफ्टिङ महासंघको चुनावी साधारण सभाले चार वर्षका लागि एसियाली महादेशको कोटाबाट गौतमलाई महासंघको बोर्ड सदस्यमा चयन गरेको हो । 

महासंघको बोर्ड सदस्यमा चयन हुने गौतम पहिलो नेपाली हुन् । फ्रान्समा आयोजना भएको विश्‍व र्‍याफ्टिङ च्याम्पियनसिपका दौरान भएको साधारण सभाले महासंघको अध्यक्षमा इटालीका बारमाज डानिलोलाई दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा चयन गरेको थियो । गौतम र्‍याफ्टिङ तथा क्यानोइङ संघका संस्थापक सदस्यसमेत हुन् ।