युरोपियन च्याम्पियनसिपमा आज दुई खेल 

लन्डन, (खेलाडी)- युरोपियन च्याम्पियनसिप (युरो २०२०) मा आज दुई खेल हुने छन् । 

समूह ‘एफ’ मा आज साँझ नेपाली समयअनुसार पौने दश बजे बुदापेस्टको पुस्कास रंगशालामा घरेलु टोली हंगेरी र साबिक विजेता पोर्चुगलले एकअर्कासँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछन् । 

यसैगरी आजै मध्यरातमा पौने एक बजे युरोपेली फुटबलका दुई महारथी फ्रान्स र जर्मनी आमने सामने हुनेछन् । फ्रान्स र जर्मनीबीचको खेल जर्मनीको म्युनिखस्थित फुटबल एरिना म्युनिखमा हुनेछ ।