स्लोभाकियासँग पोल्यान्ड स्तब्ध

सेन्ट पिट्सबर्ग, (खेलाडी)- युरोपियन च्याम्पियनसिपमा सोमबार राति स्लोभाकियाले १० खेलाडीमा सिमित भएर खेलको अन्त्य गरेको पोल्यान्डमाथि २-१ को विजयी नतिजा निकालेको छ । 

रुसको सेन्ट पिट्सबर्गमा भएको खेलको १८औं मिनेटमा स्लोभाकियाले अग्रता लिएको थियो । स्लोभाकियाका रोबर्ट माकको प्रहारले पोल्यान्डका गोलकिपरलाई छुँदै जाली चुमेको थियो । दोस्रो हाफको सुरुआतमै क्यारोल लेन्टीको गोलमा पोल्यान्ड खेलमा फर्किएको थियो ।

तर ६२औं मिनेटमा मिडफिल्डर गे्रगोज क्रिकोभिच दास्रो पहेलो कार्डको दर्शन गर्दै मैदानबाट बाहिरिएपछि पोल्यान्डले १० खेलाडीमा सीमित हुदै खेलको अन्त्य गरेको थियो । ६९र्औ मिनेटमा मिलान स्क्रिनरको गोलमा स्लोभाकिया युरो २०२० मा विजयी सुरुआत गर्न सफल भयो ।

समूह ‘इ’मा यो जितपछि स्लोभाकिया तीन अंकका साथ शीर्ष स्थानमा पुगेको छ । समूहको अर्को खेल सोमबारै राति केही बेरपछि तीन पटकको पूर्व च्याम्पियन स्पेन र स्विडेनबीच हुनेछ ।