कोपा अमेरिकामा ब्राजिलको विजयी सुरुआत

रियो दि जेनेरियो, (खेलाडी)- ब्राजिलले कोपा अमेरिका २०२० मा विजयी सुरुआत गरेको छ । 

सोमबार विहान भएको उद्घाटन खेलमा साबिकको विजेता ब्राजिलले भनेनजुएलालाई ३-० को नतिजामा हराएको हो ।

२३औं मिनेटमा मार्किन्होको गोलमा ब्राजिलले अग्रता लिएको थियो । ६४औं मिनेटमा नेइमारले पेनाल्टीको सदुपयोग गर्दै ब्राजिलको अग्रता दोब्बर पारेका थिए । ८९ औं मिनेटमा ग्याब्रियलले ब्राजिलको अग्रता ३-० मा पुर्‍याएका थिए ।

अर्जेन्टिना र कोलम्बियाले क्रमश : कोभिड १९ र राजनीतिक संकटका कारण अन्तिम समयमा आएर प्रतियोगिता आयोजनाबाट पछि हटेपछि ब्राजिलले आयोजनाको जिम्मेवारी लिएको थियो । ब्राजिलको यस निर्णयको चर्को विरोध भएको थियो ।

प्रतियोगिता निर्धारित तालिकाअनुसार गत वर्ष नै हुनुपर्ने थियो । तर कोभिड १९ महामारीका कारण प्रतियोगिता एक वर्ष पछिका लागि धकेलिएको थियो ।