साफ च्याम्पियनसिपको फाइनलपछि नेपाली टोलीबाट अलग हुने अल्मुताइरीको घोषणा

काठमाडौं, (खेलाडी)-  नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले साफ च्याम्पियनसिपको फाइनलपछि पद छोड्ने घाेषाणाा गरेका छन् ।

'मैले एक महिना अघि नै पदबाट राजिनामा बुझाएको हुँ,' अल्मुताइरीले भने, साफ च्याम्पियनसिप सम्मका लागि मात्र म नेपाली टोलीसँग बसेको हुँ । मैले प्रशिक्षण सम्हाले देखी नै नेपाललाई साफ च्याम्पियसिपको उपाधि जिताउछु भनेको थिए । म त्यो लक्ष्यबाट एक कदम मात्र पछि छु । आशा छ हामीले उपाधि भित्राउने छौ ।'

अल्मुताइरीले बंगलादेशका गोलकिपर रातो कार्ड दर्शन गर्दै बाहिरिनु नै खेलको टर्निङ प्वाइन्ट भएको समेत बताए ।

'हामीले जितकै लागि खेलेका थियौ,'अल्मुताइरीले भने, ;तर खेलको सुरुआतमा गोल खादा दबाबमा आयौ । जिकोको रातो कार्डले नै खेलको नतिजा परिवर्तन भयो  ।'

माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा आठौं मिनेटमै गोल खाएपछि नेपालको सनसनीपूर्ण यात्राको अन्त्य दुखःद हुने संकेत मिलेको थियो । 

तर समय सकिन ६ मिनेट बाँकी रहँदा अञ्जन बिष्टले अगाडि बढाएको बल पेनाल्टी बक्स बाहिरबाट आएर हातले रोकेवापत बंगलादेशी गोलकिपर अनिसुर रहमान जिको रातो कार्ड सामना गर्दै बाहिरिए ।

विपक्षी टोली एक खेलाडी कममा सीमित भएको फाइदा उठाउँदै दबाब बढाएको नेपालले ८८औं मिनेटमा पेनाल्टीको मौका पायो । अञ्जनले त्यसलाई गोलमा परिणत गर्दै नेपाललाई महत्वपूर्ण बराबरीको हकदार बनाए । विपक्षी खेलाडीले आफैमाथि गरेको फाउलमा प्राप्त पेनाल्टीलाई अञ्जनले गोलमा परिणत गरेका थिए । 

चार खेलमा सात अंकका साथ नेपाल फाइनल प्रवेश गरेको हो ।

आजै हुने माल्दिभ्स र भारतबीचको दोस्रो खेलले फाइनल पुग्ने अर्को टोलीको टुङगो लगाउने छ ।