जोकोभिचलाई स्तब्ध पार्दै मेडभेडेवले जिते पहिलो ग्रान्ड स्लाम

न्युयोर्क, (खेलाडी)- रुसका ड्यनियल मेड्भेडेवले खेल जीवनकै पहिलो ग्रान्ड स्लाम जितेसँगै नोभाक जोकोभिचको वर्षको चार वटै ग्रान्ड स्लाम जित्ने  लक्ष्य पुन: अधुरो भएको छ ।

दोसो वरियताका मेडभेडेवले विश्व नम्बर एक जोकोभिचलाई ६-४, ६-४, ६-४ को सोझो सेटमा पराजित गरे ।

यस वर्ष अस्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डन जितिसकेका जोकोभिच युएस ओपनका साथ वर्षको चार वटै ग्रान्ड स्लाम जित्दै रड लाभरको कीर्तिमान बराबरी गर्न चाहन्थे । तर आफ्नो तेस्रो ग्रान्ड स्लाम फाइनलमा मेड्भेडेव सफल हुँदा जोकोभिचको अभियानले पूर्णता पाउन सकेन ।

यसअघि सन् २०१६ मा पनि जोकोभिच फ्रेन्च ओपन, अस्ट्रेलियन ओपन र युएर ओपन जित्दै सन् १९६९ मा लाभरको वर्षका चार वटै ग्रान्ड स्लाम जित्ने कीर्तिमान बराबरी गर्ने संघारमा पुगेका थिए । तर विम्बल्डनमा निराश भएपछि उनको लक्ष्य अधुरै रहेको थियो ।

मेड्भेडेवसँगको हारसँगै जोकोभिच रोजर फेडेरर र राफेल नाडाललाई उछिन्दै २१औं ग्रान्ड स्लाम उपाधिको कीर्तिमान रच्न पनि असफल भए । फेडेरर र नाडाडसँगै जोकोभिचको नाममा २० ग्रान्ड स्लाम उपािधको कीर्तिमान छ ।