माल्दिभ्स दोस्रो स्थानमा 

काठमाडौं, (खेलाडी)-श्रीलंकालाई १-० ले पराजित गर्दै माल्दिभ्सले साफ च्याम्पियनसिपको शीर्ष दुईमा बस्दै फाइनल प्रवेश गर्ने सम्भावना जीवित राखेको छ ।

तीन खेलमा ६ अंक जोड्दै माल्दिभ्स दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको नेपाल ६ अंक बटुल्दै शीर्ष स्थानमा छ । चार अंक जोड्दै बंगलदेश तेस्रो र दुई अंक जोडेको भारत चौथो स्थानमा छ ।

लिगका सबै खेलमा पराजित श्रीलंका अंकविहिन बन्दै पाँचौ स्थानमा रह्यो ।

पहिलो खेलमा नेपाललाई नतिजा सुम्पिएको साविक विजेता माल्दिभ्सले दोस्रो खेलमा बिहिबार बंलादेशलाई हराएको थियो ।

नेपालले आफ्नो तेस्रो खेलमा आजै भारतको सामना गर्दैछ ।