स्कलर्स बास्केटबल शुक्रबारबाट

काठमाडौं, (खेलाडी)- स्कलर्स होम एकेडेमीको आयोजनामा प्रथम स्कलर्स एसइइ एपियर्ड थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा छात्रतर्फ २८ र छात्रामा ९ टिमको सहभागिता रहने स्कलर्सका प्राचार्य सूर्यप्रसाद पण्डितले बिहीबार जानकारी गराए । छात्रको नकआउट तथा छात्राको लिग कम नकआउट पद्धतिमा खेल हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ ।

छात्रमा पहिलो हुनेले ७ हजार तथा दोश्रो हुनेले ४ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने प्रशिक्षक सन्दिप बराइलीले जानकारी दिए । त्यस्तै छात्रामा शीर्ष दुई स्थान हात पार्नेले क्रमशः ५ र ३ हजार रुपैयाँ नगद पुरस्कार जित्ने छन् ।

दुई दिनसम्म चल्ने प्रतियोगिताका खेलहरु सामाखशीस्थित आयोजकको आफ्नै कोर्टमा हुनेछन् ।