अल्कारेजको सनसनीपूर्ण जित

न्युर्योक, (खेलाडी)- स्पेनिस युवा खेलाडी कार्लोस अल्कारेजले युएस ओपनमा आफ्नो सनसनीपूर्ण जितलाई निरन्तरता दिने क्रममा सोमबार अन्तिम आठमा स्थान सुरक्षित गरेका छन् ।

अन्तिम आठमा स्थान बनाउन अल्कारेजले दुई सेटले पछि परेको अवस्थालाई उल्टाइ जर्मनीका पिटर गोजोस्चाइकमाथि पाँच सेटमा विजय हासिल गरे । अल्कारेजले गोजोस्चाइकको चुनौती ५-७, ६-१, ५-७, ६-२, ६-० को नतिजामा पाखा लगाए । 

विश्व वरियताको ५५औं स्थानमा रहेका अल्कारेजले क्वार्टरफाइनलमा वरियताको १औं स्थानमा रहेका क्यानडाका फेलिक्स अगर अली असीमको सामना गर्नेछन् । 

‘मेरो पहिलो ग्रान्ड स्लाममै दोस्रो हप्तामा प्रवेश गर्न सफल हुदाँ म निकै उत्साहित छु । यो मेरो लागी निकै अचम्मको कुरा हो । मेरो लागि यो सपना जस्तै थियो अहिले पूरा भयो,’ खेलपछि अल्कारेजले भने ।