फ्रयांकफर्टसँग बायर्न स्तब्ध


बर्लिन, (खेलाडी)-  इन्ट्राक्ट फ्रयांकफर्टले एलिनाज एरेनामा बायर्न म्युनिखको ३० खेलको अपराजित यात्रामा पूर्णविराम लगाइदिएको छ ।

जर्मन बुन्डेसलिगमा आइतबार राती भएको खेलमा बायर्न फ्रयांकफर्टसँग २-१ ले स्तब्ध भएको हो ।

८३औं मिनेटमा फिलिप कोस्टिचले गरेको गोलमा फ्यांकफर्टले जारी सिजन जर्मन बुन्डेसलिगामा पहिलो जित हात पार्न पर्याप्त बन्यो ।  सन् २००० पछि फ्यांकफर्टले बायर्नलाई हराएको यो पहिलो पटक हो ।

लियोन गोर्टच्काले गरेको गोलमा बायर्नले अग्रता लिएको थियो तर कप्तान मार्टिन हिटिङगरको गोलमा फ्रयांकफर्ट खेलमा फर्किएको थियो ।

बायर्न पछिल्लो पटक सन् २०१९ नोभेम्बरमा घरेलु मैदानमा पराजित भएको थियो ।हारका बाबजुद बायर्नले बुन्डेसलिगाको शीर्ष स्थानमा यथावत छ ।