बार्सिलोनाको हार

मड्रिड, (खेलाडी)-  साविक विजेतले एट्लेटिको मड्रिडले शनिबार बार्सिलोनामाथि २-० को सहज जितपछि स्पेनिस ला लिगाको शीर्ष टोली रियाल मड्रिडसँग अंक बराबरी गरेको छ ।

२३औंं मिनेटमा थोमस लेमारको गोलमा अग्रता लिएको एट्लेटिकोका लागि लुइस स्वारेजले ४४औं मिनेटमा अग्रता दोब्बर पारेका थिए ।

खराब लयबाट गुज्रिरहेको बार्सिलोनाको ला लिगमा यस सिजन यो पहिलो हार हो । आठ खेलको समाप्तमिा शीर्ष स्थानको रियाल मड्रिड र दोस्रो स्थानको एट्लेटिकोको समान १७ अंक छ ।

बार्सिलोना भने समान खेलमा १२ अंक जाेड्दै आठौं स्थानमा छ । यद्धपी रियाल मड्रिडले एक खेल कम खेलेको छ । 

जारी सिजन ला लिगाका साता खेलम बार्सिलोनाले तीन जित,तीन बराबरी र एक हार व्यहोरेको छ । च्याम्पियन्स लिगमा लगातार दोस्रो खेल गुमाउँने क्रममा बार्सिलोना गत साता बेन्फिकासँग ३-० ले पराजित भएको थियो ।

लियोनल मेसीको बर्हिगमनपछि स्वभाविक लय भेट्टाउन संघर्षरत बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले  पहिले र अहिलेको टोलीमा धेरै अन्तर भएकाले विगतको प्रदर्शन तथा नतिजासँग तुलना नगर्न आग्रह गरेका थिए ।

'हामी स्वभाविक लयबाट गुज्रिरहेका छौ । हामी अहिले कठिन समयबाट गुज्रिरहेका छौं,'कोम्यानले भने, 'हामीले टोलीमा केही परिवर्तन गरेका छौं । टोली पुननिर्माणको चरणमा छ, लय भेट्टाउन समय लाग्छ । सबै रणनिती लागु गर्नासाथ सफल हुन्छ भन्ने छैन ।'