स्पेनको अपराजित यात्रामा पूर्णविराम, स्विडेनसँग २-१ ले पराजित

ओस्लो, (खेलाडी)- विश्वकप छनोट खेलमा स्पेनलाई १९९३ पछि पहिलो पराजय चखाउने क्रममा स्विडेनले गए राति २-१ को विजयी नतिजा निकालेको छ । 

कतार विश्वकप २०२२ को युरोपेली छनोटअन्तर्गत समूह ‘बी’मा भोगेको यो हारसँगै स्पेनले प्रतियोगितामा कायम गर्दै आएको ६६ खेलको अपराजित यात्रामा पनि पूर्णविराम लाग्यो । 

युरो २०२०मा यी दुई टोलीबीच गोलरहित बराबरी नतिजा निस्किएको थियो । तर बिहीबार घरेलु मैदानमा उत्साहित समर्थकको साथ पाउँदा स्विडेन निक्कै उर्जाशिल देखिएको थियो । 

आक्रमणमा निक्कै छरितो देखिएको स्विडेनका लागि डेजान कुलुसेभस्की र एलेक्जेन्डर इसाकको भूमिका निर्णायक सावित भयो । 

जोर्डी अल्बाको पासलाई गोलमा परिणत गर्दै कार्लोस सोलेरले पाचौं मिनेटमा भ्रमणकारी स्पेनलाई अग्रता दिलाएका थिए । तर इसाकले त्यसको एक मिनेट पनि बित्न नपाउँदै गोल गरेर खेल बराबरीमा ल्याए । 

मध्यान्तरसम्म खेल १-१ को बराबरीमा रहयो । दोस्रो हाफ थप रोमाञ्चक रहँदा कुलुसेभस्कीले निर्णायक गोलको अवसर सिर्जना गरेर स्विडेनलाई महत्वपूर्ण तीन अंक दिलाए । भिक्टर क्लासनलाई गोल गर्न ५७औं मिनेटमा कुलुसेभस्कीले उत्कृष्ट अवसर मिलाएर स्विडेनको जित पक्का गराए । 

जितपछि तीन खेलसम्म सत प्रतिसत नतिजायात्रालाई निरन्तरता दिन सफल स्विडेन नौं अंकका साथ समूहको शीर्ष स्थानमा कायम रहँदा एक खेल बढि खेलेको स्पेन सात अंकका साथ दोस्रो स्थानमा छ । 

गए राति नै चाढोगरी सम्पन्न खेलमा जर्जियामाथि १-० को जित हासिल गरेको जर्जिया तीन खेलमा तीन अंकका साथ तेस्रो स्थानमा छ । दुई खेलमा दुई अंक जोडेको ग्रिस चौथो तथा चार खेलमा एक अंकमा सिमित जर्जिया पाँचौं स्थानमा छन् ।