राष्ट्रिय खुला पुरुष तथा महिला रनिङ कप

प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला बास्केटबल आइतबारदेखि हुने

काठमाडौं । नखिपोट युथ क्लबले साउन २९ गतेबाट प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला रनिङ कप बास्केटबल प्रतियोगिता गर्ने भएको छ ।

शुक्रबार पत्रकार सम्मेलनमार्फत क्लबले साउन २९ गतेबाट प्रथम राष्ट्रिय खुला पुरुष तथा महिला रनिङ कप बास्केटबल प्रतियोगिता गर्ने बारेमा जानकारी गराएको हो ।

क्लबले लिग कम नकआउट पद्दतिमा हुने प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ८ वटा टोलीको सहभागिता रहने छ ।

प्रतियोगिताअन्तर्गत पुरष र महिला दुबै विधाको विजताले नगद ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यस्तै, उपविजेताले २५ हजार र तेश्रो हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगिताको फाइनल भदौ ४ गते हुनेछ । प्रतियोगिताका सबै खेल नखिपोट युवा क्लबको कभर्डहलमा खेलाइनेछ ।