सूर्योदय एसइइ कप

कीर्तिपुर र ग्रान्डी च्याम्पियन

काठमाडौं । कीर्तिपुर क्लब र ग्रान्डी स्पोर्ट्स सेन्टरले तेश्रो सूर्योदय एसइइ कप खुला बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । कीर्तिपुर ब्वाइज तथा ग्रान्डी गर्ल्समा पहिलो भए ।

मैतीदेवीस्थित आयोजक सूर्योदय सेकेन्डरी बोर्डिङ स्कुलको कोर्टमा भएको ब्वाइज फाइनलमा कीर्तिपुरले एनपी लायन्सलाई २१-२० ले पराजित गर्यो ।

गर्ल्सको उपाधि भिडन्तमा ग्रान्डीले आईएसए नेपाललाई ७-६ ले हरायो । विजेतालाई राष्ट्रिय बास्केटबल खेलाडी रविन खत्री, सूर्योदयका संस्थापक प्रिन्सिप लक्ष्यबहादुर केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।