एन्फा चुनाव
Flash News
- लोकेशको शतकका बाबजुद नेपाल ‘ए’ पराजित
- आयरल्यान्ड ‘ए’विरुद्ध लोकेशको शतक
- भ्रष्टाचार गरेको भन्दै एन्फा महासचिवविरुद्ध छानविन गर्न माग
- विराट गोल्डकपमा आर्मी र एनआरटी भिड्दै
- आयरल्यान्ड ‘ए’ ले दियो नेपाल ‘ए’ लाई २२३ रनको लक्ष्य
- लुम्बिनीमा म्याराथन हुने
- कर्पोरेट सुपर सिक्सेस बैशाखमा हुने
- आयरल्यान्ड ‘ए’ विरुद्ध फिल्डिङ गर्दै नेपाल ‘ए’
- ओल्मो भित्र्याउने युनाइटेडको चाहना
- विराट गोल्डकपः आरटिएफसीको विजयी सुरुआत
चैत १६, २०८०
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले ६ असारमा हुने चुनावमा पुनः अध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन् ।
खेलाडीसँग बोल्दै अध्यक्ष शेर्पाले भने, ‘भोलि (शुक्रबार) अध्यक्ष पदका लागि उम्मेदवारी दिँदै छु । अन्य पदका लागि साथीहरुसँग सल्लाह भइरहेको छ ।’
यसअघि २०७४ जेठमा कर्मा पहिलो पटक एन्फा अध्यक्षको रुपमा निर्वाचित भएका थिए ।
तर, यसपटक उनैलाई साथ दिएका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ प्रतिद्वन्दीका रुपमा उत्रने तयारी गरेका छन्।
एन्फा चुनाव आगामी ६ असारमा हुँदैछ । जसमा लागि भोलिबाट उम्मेदवारी दर्ता सुरु हुने कार्यतालिका रहेको छ ।