- युएईविरुद्ध ब्याटिङ गर्दै नेपाल
- लगातार दोस्रो जितको लक्ष्यमा मनोहरा
- नेपाल र युएई भिड्दै
- मुम्बईले पञ्जावलाई हरायो
- गोलकिपर मार्टिनेज चम्किदा एष्टन भिल्ला सेमिफाइनलमा
- लिभरपुल युरोपा लिगबाट बाहिरियो
- राष्ट्रपति रनिङ सिल्डः सुदूरपश्चिम पहिलो पटक टिम च्याम्पियन
- उसुमा बागमती टिम च्याम्पियन
- भलिबलमा लुम्बिनी र बागमतीलाई स्वर्ण
- प्रोफेसनल आइटिएफ तेक्वान्दो शुक्रबारदेखि हुने
युउन्डे । आइभोरी कोस्टले अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ मा स्थान पक्का गरेको छ ।
बिहीबार जमोपा रंगशालामा साविक विजेता अल्जेरियासमाथि ३-१ को सहज जितसहित आइभोरी कोस्टले अघिल्लो चरणमा स्थान बनाएको हो । अल्जेरियाको यात्रा भने समूह चरणमा सीमित भयो ।
समूह 'ई' बाट अघिल्लो चरण प्रवेश गर्न अल्जेरियालाई जितको आवश्यक थियो । तर अन्तत तीन खेलमा मात्र एक जितपछि अल्जेरिया तीन अंकसहित समूहको अन्तिम स्थानमा रह्यो ।
तीन खेलमा आइभोरी कोस्ट सात अंकसहित समूहको शीर्ष स्थानमा रहँदा सामान खेलमा ६ अंक जोड्दै इक्वाटोरियल गिनी उपविजेताको बन्यो । सेरालियोनको दुई अंक रह्यो ।
इक्वाटोरियल गिनीले समूहको अन्तिम खेलमा सेरालियोनलाई १-० ले हराएको हो ।
त्यस्तै समूह ‘एफ’ बाट माली र जाम्बियाले अन्तिम १६ मा स्थान बनाए ।
तीन खेलमा समान सात अंकसहित माली र जाम्बिया क्रमशः समूह विजेता र उपविजेता बने । समान खेलमा ट्युनेसियाको तीन अंक रह्यो भने मारुटानियाले अंक खाता खोल्न सकेन ।
बिहीबार सम्पन्न खेलमा मालीले मारुटानियालाई २-० ले हराउँदा जाम्बियाले ट्युनेसियालाई १-० ले निराश पार्यो ।