इङ्लिस लिग कप

लिभरपुल लिग कपको फाइनलमा

लन्डन । डिएगो जोटाको दुई गोलप्रेरित लिभरपुल बिहीबार आर्सनललाई २-० ले पराजित गर्दै इङ्लिस लिग कप( इएफएल)को फाइनलमा प्रवेश गरेको छ । 

गत साता घरेलु मैदान सम्पन्न सेमिफाइनल पहिलो लेगमा एन्फिल्डमा १० खेलाडी सीमित आर्सनलसँग गोलरहित बराबरी खेलेको लिभरपुलले बिहीबार भने सजह जितसहित चेल्सीसँगको उपाधि भिडन्त पक्का गरेको हो । चेल्सीले टोटहमलाई निराश पार्दै फाइनलको टिकट पक्का गरेको थियो ।

लिभरपुल सन् २०१६ पछि लिग कपको फाइनल प्रवेश गरेको यो पहिलो पटक हो । 

१९औं मिनेटमा जोटाको गोलमा लिभरपुलले अग्रता लियो । त्यसअघि एलेक्जेन्डर लाकाजेट्को प्रहारमा क्रसबार बाधक बन्दा आर्सनलले अग्रता लिने अवसर गुमाएको थियो । 

७७औं जोटाले लिभरपुलको अग्रता बढाएका थिए । ९०औं मिनेटमा थोमस पार्टे दोस्रो पहेँलो कार्डको दर्शन गर्दैै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो ।

 सबै खाले प्रतियोगिता गरि जोटाले आर्सनलविरुद्धको पछिल्लो चार खेलमा पाँच गोल गरिसकेका छन् ।