- सिन्धुपाल्चोक जिल्ला लिगः प्याराडाइजको विजयी सुरुआत
- कर्पोरेट बास्केटबल शनिबार र आइतबार हुने
- भुवनको अग्रता कायमै
- मैत्रीपूर्ण फुटबलमा बंगलादेशी टोली विजयी
- अन्तर्राष्ट्रिय ट्रायथलनकी अध्यक्ष कासाडो र खेलकुद मन्त्री श्रेष्ठबीच भेटवर्ता
- पुलिसको पुनरागमन जित
- एन्फा अन्तरकलेज फुटसलको विजेतालाई पाँच लाख
- कोशी जितविहिन
- जर्सी नक्कल नगर्न केल्मीको आग्रह
- आर्मीविरुद्ध एपिएफको रोमाञ्चक जित
ब्युनस आयर्स । अर्जेन्टिनाले सन् २०२२ को कतार विश्वकप छनोटअन्तर्गत चिली र कोलम्बियाविरुद्धको खेलका लागि स्ट्राइकर लियोनल मेसीलाई बाहिर राख्दै टोलीको घोषणा गरेको छ ।
प्रशिक्षक लियोनल स्कोलानीले कोभिड १९ संक्रमणमबाट निको भएर फर्किए पनि मेसी पछिल्लो एक महिनादेखी मैदान बाहिर रहेकाले टोलीमा समावेश नगरिएको बताएका छन् ।
पेरिस सेन्ट जर्मन (पिएसजी) का स्ट्राइकर मेसी पछिल्लो एक महिनादेखी मैदानमा फर्किएका छैनन् । उनले पछिल्लो पटक डिसेम्बर २२ मा लिग वानमा लोरियन्टविरुद्धको खेल खेलेका थिए ।
कोभिड १९ संक्रमणबाट मुक्त भएसँगै मेसी लिग वान अन्तर्गत जनवरी नौ मा मैदान फर्कने तयारी गरे पनि पिएसजीले अन्तिम समयमा आएर उनलाई टोलीमा समावेश गरेन ।
ब्राजिलसँगै अर्जेन्टिनाले दक्षिण अमेरिबाबाट कतार विश्वकप २०२२ मा आफ्नो स्थान पक्का गरिसकेको छ ।
अर्जेन्टिनाले विश्वकप अन्तर्गत बिहीबार चिलीको भ्रमण गर्नेछ भने त्यसको पाँच दिनपछि कोलम्बियालाई अतिथ्य गर्नेछ ।