आहा रारा गोल्डकप

आहा रारा गोल्डकपः मानबहादुरले साहाराको कप्तानी गर्दै

काठमाडौं । पोखरामा बिहीबारदेखि सुरू हुने आहा रारा गोल्डकपमा आयोजक टोली सहारा क्लबको कप्तानी मानबहादुर तामाङले गर्ने भएका छन् ।

मानबहादुरले ‘ए’ डिभिजन लिग क्लब सातदोबाटो युथ क्लबको पनि कप्तानी गरेका थिए ।

उनीसहित क्लबले सातदोबाटोका पाँच खेलाडी अभिषेक बराल, पासाङ लामा, विदेशी खेलाडी पिटर सेगुन र अजायी मार्टिनलाई टोलीमा समावेश गरेको छ ।

आयोजक टोलीले उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग खेल्नेछ ।

प्रतियोगिता आयोजक टोली सहित मछिन्द क्लब्र, मनाङ मस्र्याङ्दी क्लब, संकटा क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, रूस्लान थ्री स्टार क्लब र भुटनीज सकर क्लबको सहभागिता छ ।  

प्रतियोगिता माघ १५ गतेसम्म सञ्चालन हुनेछ ।