प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता

लुम्बिनीविरुद्ध फिल्डिङ गर्दै एपिएफ

काठमाडौं । प्रधानमन्त्री कप ट्वान्टी २० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा शुक्रबार लुम्बिनी प्रदेशविरुद्ध एपिएफ क्लब टस जितेर फिल्डिङमा ओर्लिएको छ ।

मुलपानी क्रिकेट मैदानमा एपिएफ नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सरद भेषावकर र लुम्बिनी प्रदेश क्रिष्ण कार्कीको कप्तानीमा खेल्दैछन् ।

प्रतियोगिताको समूह ‘बी’ को शीर्ष स्थानमा रहेको एपिएफ अपराजित छ । एपिएफले तीन खेलबाट ६ अंक जोडेको छ ।

यस्तै दुई खेलमध्ये एकमा जित र एकमा हारको नतिजासहित दुई अंक जोडेको लुम्बिनी भने तालिकाको तेस्रो स्थानमा छ । 
प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

यसअघि भएका खेलमा पुलिसले कर्णालीलाई ८९ रनले र आर्मीले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले हराएका थिए ।