- दिल्ली र गुजरात भिड्दै
- एएफसी च्याम्पियन्स लिगः साउदीका सबै क्लब सेमिफाइनलबाटै आउट
- स्टोइनिस चम्किँदा लखनउले चेन्नईलाई हरायो
- युभेन्ट्स कोपा इटालियाको फाइनलमा
- चेल्सीको पोष्टमा आर्सनलको ५ गोल
- खालीबारीविरुद्ध साँगाको रोमाञ्चक जित
- ब्याडमिन्टन संघका अध्यक्ष श्रेष्ठ चीन जाने
- लुम्बिनीको पुनरागमन जित
- पहिलो दिन भुवन नगरकोटी अगाडी
- राष्ट्रिय महिला भलिबलः उद्घाटन खेलमा न्यु डायमन्ड र आर्मी भिड्ने
काठमाडौं । सुदूरपश्चिम प्रदेसलाई एक सय १३ रनले पराजित गर्दै लुम्बिनी प्रदेसले आइतबार वाइवाई यु १९ पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा दुई सय १३ रनको लक्ष्य पछ्याएको सुदुरपश्चिम २८.३ ओभरमा ९९ रनमै सीमित भयाे।
सुदुरपश्चिमका लोकेश बमले २५ रन बनाए । त्यस्तै कप्तान खडक बोहराले २१, शेर मल्लले १५ र नारायण जोशीले ११ रन जोडे ।
लुम्बिनीका अजय चौहानले पाँच विकेट लिए । ५.३ ओभर बलिङ गरेका अजयले २० रन खर्चिए । त्यस्तै दुर्गेश गुप्ताले तीन तथा मोहमद हुसैनले दुई विकेट लिए ।
यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको लुम्बिनीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँनुअघि दुई १२ रनको योगफल खडा गरेको थियो ।
लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७० रन बनाएका थिए । देवले ९५ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । त्यस्तै विशालविक्रक कार्कीले पनि ६९ बलमा चार चौका र दुई छक्कासहित ५१ रनको अर्धशतकिय पारी खेलेका थिए । दुर्गेश गुप्ताले ३२ र प्रज्वल थापाले २४ रन बनाए ।
सुदुरपश्चिमका आकाश चन्दले तीन विकेट लिएका थिए । यस्तै हेमन्त धामी र शेर मल्लले समान दुई विकेट लिदाँ नरेन साउद र राहुल भण्डारीले एकरएक विकेट हात पारेका थिए ।