वाइवाई यु-१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता

लुम्बिनीद्धारा दुई सय १३ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । वाइवाई यु १९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा सुदुरपश्चिम प्रदेससामु लुम्बिनी प्रदेसले दुई सय १३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँनु अघि दुई सय १२ रनको योगफल तयार गर्यो ।

लुम्बिनीका लागि कप्तान देव खनालले सर्वाधिक ७० रन बनाए । देवले ९५ बलमा पाँच चौका र चार छक्का प्रहार गरे । त्यस्तै विशालविक्रक कार्कीले पनि ६९ बलमा चार चौका र दुई छक्कासहित ५१ रनको अर्धशतकिय पारी खेले । दुर्गेश गुप्ताले ३२ र प्रज्वल थापाले २४ रन बनाए ।

सुदुरपश्चिमका आकाश चन्दले तीन विकेट लिए । यस्तै हेमन्त धामी र शेर मल्लले समान दुई विकेट लिदाँ नरेन साउद र राहुल भण्डारीले एक/एक विकेट हात पारे ।