एसेस शृंखला

एसेस शृंखला खेल्न आतुर छुः स्टोक्स

लन्डन । इङ्ल्यान्डका अल राउन्डर बेन स्टोक्सले आफू पूर्ण रुपमा फिट रहेकाले अस्ट्रेलियाविरुद्धको एसेस शृंखला खेल्न आतुर रहेको बताएका छन् ।

‘यो पुनरागमन होइन । पछिल्लो महिना औंलाको परीक्षण गर्नमै बित्यो । दुई महिनाअघिसम्म म ब्याट समाउन नसक्ने अवस्थामा थिए,’ स्टोक्सले भने, ‘पहिलो टेष्ट आउन एक हप्ता मात्रै बाँकी छ । तर त्यसका लागि म पूर्ण रुपमा फिट छु र शृंखलाका लागि मैदान उत्रन आतुर छु ।’

एसेस शृंखलाअन्तर्गत अस्ट्रेलिया र इङ्ल्यान्डबिचको पहिलो टेस्ट डिसेम्बर आठदेखि सुरु हुँदैछ ।

३० वर्षिय स्टोक्सले औंलाको दोस्रो शल्यक्रियापछि मैदान बाहिर रहँदै आएका थिए । लगातरकाे चाेटका  कारण मैदान बाहिर रहँदा आफू निराश भएको र केही समय मानसिक रुपमाा स्वास्थ हुन भन्दै स्टोक्सले जुलाईमा अनिश्चितकालका लागि खेलजीवनबाट विश्राम लिएको घोषणा गरेका थिए ।