अस्ट्रेलियन ओपन

जोकोभिच १० औं पटक अस्ट्रेलियन ओपनको फाइनलमा

मेलबर्न । २१  पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच वर्षको पहिलो ग्रान्डस्लाम  टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् ।

सर्वियाका जोकोभिचले शुक्रबार सम्पन्न दोस्रो सेमीफाइनलमा अमेरिकाका टोनी पउललाई ३-० को सोझो सेटमा पराजित गरेका हुन् ।

मेलबर्नस्थित रोड लेभर एरिनामा जोकोभिचले खेल ७-५, ६-१ र ६-२ ले आफ्नो पक्षमा पारे ।

नौ पटकका च्याम्पियन जोकोभिचले आइतबार हुने फाइनलमा  ग्रीसका स्टेफानो सित्सिपसको सामना गर्नेछन् ।

शुक्रबारनै भएको पहिलो सेमिफाइनलमा तेस्रो वरियताका सित्सिपसले रुसका करेन खाचानोभलाई ७-६ (७-२),६–४, ६-७(६-८) र (६-३) ले हराउँदै  फाइनल प्रवेश गरेका थिए ।