अस्ट्रेलियन ओपन

सोझो सेटमा जित निकाल्दै अजारेन्का सेमिफाइनलमा

काठमाडौं । बेलारुसकी भिक्टोरिया अजारेन्का वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेकी छन् ।

अजारेन्काले क्वाटरफाइनल अन्तर्गत मंगलबार सम्पन्न खेलमा अमेरिकी खेलाडी जेसिका पेगुलालाई २-० को सोझो सेटमा पराजित गरेकी हुन् ।

मेलबर्नस्थित रोड लेभर एरिनामा अजारेन्काले खेल ६-४ र ६-१ ले आफ्नो पक्षमा पारेकी हुन् ।


चाइजिन खेलाडी जु लिनलाई ४-६, ६-१ र ६-४ तथा पेगुला चेक रिपब्लिककी बार्बोरा केरिज्सिकोभालाई ७-५ र ६-२ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका थिए।

अजारेन्काले सेमिफाइनलमा काजकिस्तानकी इलिना रेबाकिनासँग प्रतिस्पर्धा गर्नेछिन् ।  रेबाकिना लाल्भियाकी जेलिना ओस्टापेन्कोलाई ६-२ र ६-४  ले पराजित गर्दै सेमिफाइनमा प्रेवेश गरेकी हुन् ।