राडुकानुलाई बेलायती महारानीको बधाई

लन्डन, (खेलाडी)- युएस ओपन विजेता किशोरी इमा राडुकानुलाई बेलायती महारानीले बधाई दिएकी छिन् । 

१८ वर्षिया राडुकानुले आइतबार बिहान फाइनलमा लेला फर्नान्डेजलाई ६-४, ६-३ को सोझो सेटमा पराजित गर्दै करियरको पहिलो ग्राण्ड स्लाम उपाधि चुमेकी थिइन् । 

सन् २००४ को विम्बल्डन विजेता १७ वर्षिय मारिया सारापोभापछि सबैभन्दा कम उमेरकी ग्रान्ड स्लाम विजेता बनेकी राडुकानुलाई महारानीले ‘उल्लेखनीय’ उपलब्धि भन्दै बधाई दिइन । 

‘तिम्रो सफलताका लागी म बधाई दिन चाहन्छु । युवा उमेरमा नै यो सफलता प्राप्त गर्नु एक ‘उल्लेखनीय’ उपलब्धि हो । यो तिम्रो कडा मेहनत र लगावको प्रतिफल हो,’ महारानीले बधाई सन्देशमा लेखेकी छिन्, ‘तिम्रो तिमीविरुद्ध खेलिरहेकी लेला फर्नान्डेजको उत्कृष्ट प्रदर्शनमा मेरो कुनै शंका छैन । तिमीले त्यसमा बाजी मार्यौं । यसले टेनिसको अर्को पुस्तालाई प्रेरणा दिनेछ । तिमी र तिम्रा समर्थकलाई मेरो हार्दिक सुभकामना छ ।’

राडुकानुलाई बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि बधाई दिएका छन् । 

‘तिमीले धैर्य र हिम्मतसाथ असाधारण खेल कौशल देखायौं । यसमा हामी सबैलाई गर्व छ,’ जोनसनले लेखेका छन् । 

जितसँगै सामाजिक सञ्जालमा राडुकानुलाई बधाई दिनेको ओइरो लागेको छ, जसमा संगीतकार लियम ग्यालेघर र स्पाइसस गल्र्स तथा फुटबलर मार्कुस रासफोर्ड र ग्यारी लिनेकर पनि छन् ।