टेनिस

टेनिस: पुरुष युगलको स्वर्ण गण्डकीले जित्यो

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत टेनिसको पुरुष युगलतर्फ स्थानीय टिम गण्डकी प्रदेशले स्वर्ण पदक जितेको छ ।

बुधबार बिहान पोखरा रंगशालास्थित टेनिस कोर्टमा भएको फाइनलमा गण्डकीका प्रदीप खड्का र अनिल शाहीको जोडी त्रिभुवन आर्मी क्लबका प्रनभ खनाल र अकिजुवेन रावतको जोडीलाई ७–५ ४–६ १०–८ को नतिजामा पराजित गर्यो ।

यस अघि टिम इभेन्टमा पनि गण्डकीले एक स्वर्ण हात पारिसकेको छ ।