युएस ओपनको फाइनलमा राडुकानु र फर्नान्डेज भिड्ने

न्युयोर्क, (खेलाडी)-  बेलायतकी इमा राडुकानु युएस ओपनको फाइनल प्रवेश गरेकी छिन् ।

क्वालिफायरबाट आएर ग्रान्डस्लामको फाइनल प्रवेश गर्ने इमा पहिलो खेलाडीसमेत बनिन् । ४४ वर्ष पछि बेलायतबाट मुख्य प्रतियोगिताको फाइनल प्रवेश गर्ने उनी पहिलो महिला खेलाडीसमेत बनिन् ।

भर्जिनिया वेड सन् १९७७ को विम्बल्डनको फाइनल पुगेयता बेलायतका कुनै महिला खेलाडी ग्रान्डस्लाम फाइनल पुगेका थिएनन् ।

शुक्रबार भएको दोस्र्रो क्वाटरफाइनलमा १८ वर्षीया राडुकानुले मारिया सक्कारीमाथि ६-१, ६-४ को सहज जित हात पारिन् ।


शनिबार हुने फाइनलमा राडुकानुले क्यानडाकी लेला फर्नान्डेजको सामना गर्नेछिन् । क्यानडाकी १९ वर्षीया फर्नान्डेज पनि पहिलो पटक ग्रान्डस्लामको फाइनलमा पुगेकी हुन् । उनले सेमिफाइनलमा आर्यना साबालेन्कालाई ३–१ को सेटमा हराएकी थिइन ।


‘न्युयोर्कमा समय छिट्टै बितिरहेको छ । मैले प्रत्येक दिन सुधारिएको प्रदर्शन गर्दै आएँ र छनोटबाट आएको तीन सातापछि म फाइनलमा स्थान बनाउन सफल भए,’ राडुकानुले भनिन् ।