युएस ओपनमा बार्टीको विजयी सुरुआत

न्युयोर्क, (खेलाडी)- विश्व नम्बर एक अस्ट्रेलियाली स्टार एस्लेघ बार्टी रुसकी भेरा जोभानारेभामाथि कठिन जित हासिल गर्दै युएस ओपनको दोस्रो चरणमा प्रवेश गरेकी छिन् ।

यस वर्षको विम्बल्डन च्याम्पियन बाार्टीले अघिल्लो चरणमा स्थान सुरक्षित गर्ने क्रममा जेभानारेभामाथि सोझो सेटमा जित हात पारेकी हुन् । बार्टीले ६-१, ७-६(९/७)को जित हात पारिन् ।

कोभिड १९ महामारीका कारण बार्टीले युएस ओपनको गत संस्करणमा भाग लिएकी थिइनन् । बार्टीले गत वर्ष गरेको निर्णयबाट आफू सन्तुष्ट रहेको बताइन् ।

‘म गत संस्करण्मा सहभागी नहुँदा निराश पक्कै थिएँ । तर यस वर्ष समर्थकको साथका कारण मैले सबै निराशालाई भुलिसकेँ,’ बार्टीले भनिन ।

त्यस्तै सातौं वरियताकी पोलिस खेलाडी इघा स्वातेकले दोस्रो चरण प्र्रवेश गर्ने क्रममा अमेरिकाकी जेमी जोउबमाथि ६-३, ६-४ को सोझो सेटमा जित हासिल गरिन ।