इम्मा राडुकानु

आफूले लिएको निर्णयप्रति विश्वस्त छुः राडुकानु

लन्डन । ब्रिटिस टेनिस स्टार इम्मा राडुकानुले आफूले लिएको निर्णयप्रति विश्वस्त रहेको बताएकी छिन् ।

सन् २०२१ मा युएस ओपनको उपाधि जितेपछि राडुकानुले प्रशिक्षक एन्ड्री रिचार्डसनलाई प्रतिस्थापन गर्ने निर्णय लिएकी थिइन् । उनले सन् २०२२ का लागि रिचार्डसनको स्थानमा टोरबेन बेल्ट्सलाई नियुक्त गरेकी थिइन् ।

विश्व वरीयताको १२औं स्थानकी राडुकानुले पाँच  मै महिनामा प्रशिक्षक रिचार्डसनलाई हटाएर बेल्ट्स नियुक्त गर्ने निर्णय लिएकी थिइन् ।

‘यो यात्रामा मैले धेरै कुरा सिक्दै आएको छु । तर, यो मेरो व्यक्तिगत काम हो । अरु मानिसले मलाई ‘पागल’ को रुपमा हेरेका छन् । तर, म आफ्नो निर्णयप्रति विश्वस्त छु । मैले मेरो लागि राम्रो निर्णय लिएको छु,’ राडुकानुले भनिन् ।