एन्डी मरे

एन्डी मरेले फ्रेन्च ओपन नखेल्ने

मड्रिड । पूर्व विश्व नम्बर एक टेनिस खेलाडी एन्डी मरेले वर्षको दोस्रो ग्रान्डस्लाम– फ्रेन्च ओपनबाट आफ्नो नाम फिर्ता लिएका छन् । बेलायती ३५ वर्षीय टेनिस स्टारले आइतबार आफूले फ्रेन्च ओपनबाट नाम फिर्ता लिएको बताएका छन् ।

तीन पटकका ग्रान्डस्लाम च्याम्पियन मरेले २०१७ पछि एक पटक मात्रै रोलान्ड गारोस खेलेका छन् । पछिल्ला वर्षमा चोटबाट पीडित बनेका मरे २०२० को फ्रेन्च अ‍ोपनको पहिलो चरणबाटै बाहिरिएका थिए ।

अहिले मड्रिड ओपनका लाथिग स्पेनमा रहेका मरे बेलायत फर्केर विम्बल्डनको तयारीमा लाग्ने मनस्थितिमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले दाबी गरेका छन् ।

ग्रास कोर्टमा हुने विम्बल्डन जुन २७ देखि सुरु हुनेछ ।