टेनिस

लनटेनिस टोली भारत जाँदै

काठमाडाैं । आइटीएफ वर्ल्ड जुनियर टेनिस कम्पिटिसन (डब्लुजेटीसी) फाइनल क्वालिफायरमा सहभागी हुन ३ महिला खेलाडीसहित ४ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार भारतको नयाँ दिल्ली प्रस्थान गर्दैछ ।

बैशाख ५ देखि १० गतेसम्म (अप्रिल १८–२३) हुने यु–१४ उमेरसमूहको प्रतियोगितामा सुनिरा थापा, आध्या पौड्याल र जेनी खड्काले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा रामेश्वर थापा छन् ।

टिम स्पर्धामा खेल हुने छ । दुई एकल र एक युगलमा खेल खेलाइने छ । गत फेब्रुअरी १४ देखि १९ तारिखसम्म श्रीलंकाको कोलम्बोमा भएको प्रि-क्वालिफायरमा तेश्रो हुँदै नेपालले भारतको प्रतियोगितामा सहभागिताको अवसर पक्का गरेको थियो ।

टोलीलाई सफलताको शुभकामना दिदै नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले सातदोबाटोमा शुक्रबार एक कार्यक्रम बिदाइ गरिन्।