टेनिसका खेल साँझ गराउन खेलाडीको आग्रह

टोकियो, (खेलाडी)– गर्मीलाई कारण देखाउँदै टेनिस खेलाडीद्वय नोभाक जोकोभिच र ड्यानिल मेडभेडेभले टोकियो ओलम्पिक आयोजकलाई टेनिस खेलको तालिका परिवर्तन गर्न आग्रह गरेका छन् ।

विश्व नम्बर एक नोभाक जोकोभिचले बोलोभियाका हुगो ड्यालियनलाई पहिलो चरणको खेलमा ६–२, ६–२ ले पराजित गर्दै अघिल्लो चरण प्रवेश गरे पनि अन्य खेलाडीको हकमा गर्मीले स्वाभाविक खेल प्रदर्शन गर्न कठिन भएको भन्दै खेलतालिका परिवर्तन गर्न आग्रह गरेका हुन् । 

मध्यदिनको गर्मीमा खेल्न खेलाडीलाई कठिन हुने  उनीहरूले जिकिर छ । सोझो सेटमा जित निकालेका जोकोभिचले गर्मीका कारण केही कठिन भएको प्रतिक्रिया दिएका थिए । यस्तै अर्को खेलमा रसियाका मेडभेडेभले काजाकिस्तानका एलेक्जेन्डर बुब्लिकलाई ६–४, ७–६ (१०÷८) को सेटमा पराजित गर्दै पहिलो जित निकालेका हुन् । विश्व नम्बर २ मेदभेदेभले जित निकाल्न निकै संघर्ष गर्नुपरेको थियो । 

मेडमेडेभले अहिलेसम्मको खराब वातावरणमा खेलेको भन्दै टोकियो ओलम्पिक टेनिसको आलोचना गरे । एलेक्सजेन्डर बुब्लिकसँगको खेलमा रुसी खेलाडी मेडमेडेभले संघर्षपूण जित निकाल्नुपरेको थियो । अघिल्लो दिनको गर्मीले थकित भएका खेलाडीले लगत्तै खेल्नुपरेको थियो । 

दुई पटक ग्रान्ड स्लाम उपाधि जितिसकेका मेडभेडेभले १ सय ६०औं स्थानमा रहेका भारतका सुमित नागालसँग दोस्रो चरणको खेलमा प्रतिस्पर्धा गर्दै छन् ।