अस्ट्रेलियन ओपन

कोलिन्स पहिलो पटक ग्रान्डस्लामको फाइनलमा

मेलबर्न । इगा स्वायेटेकलाई ६–४ ६–१ को सोझो सेटमा पराजित गर्दै अमेरिकी टेनिस खेलाडी ड्यानियल कोलिन्स अस्ट्रेलियन ओपनको फाइनलमा पुगेकी छन् ।

बिहीबार मेलबर्न पार्कमा भएको सेमिफाइनलमा एक पटककी ग्रान्डस्लाम च्याम्पियन इगालाई पराजित गर्दै कोलिन्सले पहिलो पटक ग्रान्डस्लामको फाइनल यात्रा तय गरेकी हुन् ।

यसअघि उनी सन् २०१९ मा सेमिफाइनलसम्म पुगेर बाहिरिएकी थिइन् । फाइनलमा पुगेकी कोलिन्सले फाइनलमा उपाधिका लागि विश्व नम्बर एक अस्लेग बार्टीसँग खेल्नेछिन् ।

बार्टीले म्याडिसन किजलाई पराजित गर्दै पहिलो पटक अस्ट्रेलियन ओपनको फाइनल यात्रा तय गरिसकेकी छन् ।