जोकोभिचद्धारा विम्बल्डन उपाधि रक्षा, फेडेरर र नाडालपछि २० ग्राण्ड स्लाम जित्‍ने तेस्रो खेलाडी

लन्डन, (खेलाडी)- माटियो बेरेट्टिनीलाई हराएर गए राति विम्बल्डनमा उपाधि रक्षा गरेसँगै विश्‍व वरियताको शीर्ष स्थानमा रहेका नोभाक जोकोभिचले २० ग्राण्ड स्लाम उपाधि जित्‍ने रोजर फेडेरर र राफेल नाडालको कीर्तिमानसँग बराबरी गरेका छन् । 

पहिलो सेटमा पराजय भोगे पनि त्यसपछि उत्कृष्‍ट पुनरागमन जनाउँदै फेडेररले चार सेटसम्म चलेको फाइनलमा जित हासिल गरेका थिए । 

पहिलो सेट ६-७(४/७) को नतिजामा पराजित जोकोभिचले त्यसपछि अल इङल्यान्ड क्लबमा प्रभावशाली प्रदर्शन गर्दै ६-४, ६-४, ६-३ को नतिजा निकालेका थिए । 

ग्राण्ड स्लाममा २०औं उपाधि जितेपछि जोकोभिचले आफूलाई नाडाल र फेडेररबाट प्रेरणा मिलेको बताए । 

‘मैले आज नाडाल र फेडेररलाई स्मरण गर्नैपर्छ । मैले आफ्नो करियरमा यी दुई महान खेलाडीसँग प्रतिस्पर्धा गर्ने मौका पाएँ,’ जोकोभिचले भने, ‘मैले करियरमा उनीहरु दुई खेलाडीबाट धेरै प्रेरणा पाएको छु । आजको यो सफलता पनि उनीहरुबाटै प्राप्त प्रेरणाको फल हो ।’