अस्ट्रेलियन ओपन

सिनर अस्ट्रेलियन ओपनको चौथो चरण

मेलबर्न । विश्व वरियताको ११औं स्थानमा रहेका जानिक सिनर अस्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेका छन् । अस्ट्रेलियन ओपनमा आफ्नो उत्कृष्ट लयमा रहेका सिनर पहिलो पटक चौथो चरणमा प्रवेश गरेका हुन् । सन् २०१९ देखि ग्रान्डस्लाम टेनिसमा डेब्यु गरेका सिनर गतवर्ष ओपनको पहिलो चरणबाटै बाहिरिएका थिए ।

मेलबर्न पार्कमा शनिबार सम्पन्न खेलमा इटालीका सिनरले जापानका टारो ड्यानियललाई ६-४ १-६ ६-३ ६-१ को सेटमा पराजित गरे ।

सिनरले क्वार्टरफाइनल प्रवेशका लागि अस्ट्रेलियाका एलेक्स डे मिनाउरसँग प्रतिस्पर्धा गर्नेछन् ।

मिनाउरले तेस्रो चरणमा पाब्लो अन्दुजरलाई ६-४ ६-४ ६-२ को सोझो सेटमा पराजित गरे ।

मिनाउर गत वर्ष अस्ट्रेलियन ओपनको तेस्रो चरणबाट बाहिरिएका थिए ।