अस्ट्रेलियन ओपन

सित्सिपास चौथो चरणमा

मेलबर्न । विश्व वरियताको चौथो स्थानका स्टेफानोस सित्सिपास वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेका छन् ।मेलबर्न पार्कमा शनिबार सम्पन्न खेलमा ग्रिसका सित्सिपासले फ्रान्सका बेनोइट पेइरेलाई ६-३ ७-५ ६-७ (२-७) ६-४ को सेटमा पराजित गरे ।

सन् २०१७ देखि ग्रान्डस्लाम टेनिसमा डेब्यु गरेका सित्सिपास गतवर्ष ओपनको सेमिफाइनलबाट बाहिरिएका थिए । त्यस्तै गतवर्षको फ्रेन्च ओपनमा सित्सिपासले फाइनलसम्मको यात्रा तय गरेका थिए ।

सित्सिपासले चौथो चरणमा अमेरिकाका टेलर फ्रिजको सामना गर्नेछन् ।

चौथो चरणमा स्थान बनाउने क्रममा फ्रिजले स्पेनका रोवर्टो बाटिस्टालाई ६-० ३-६ ३-६ ६-४ ६-३ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरे ।

वरियताको २२औं स्थानमा रहेका फ्रिजले पहिलो पटक कुनै पनि ग्रान्डस्लामको चौथो चरणमा स्थान बनाएका हुन् । सन् २०१६ देखि ग्रान्डस्लाममा डेब्यु गरेका फ्रिज गत वर्ष ओपनको तेस्रो चरणबाट बाहिरिएका थिए ।