अस्ट्रेलियन ओपन

मेडभेडेभ अस्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश

मेलबर्न । विश्व वरियताको दोस्रो नम्बरमा रहेका ड्यानिल मेडभेडेभ अस्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेका छन् ।

रुसका मेडभेडेभले शनिबार मेलबर्न पार्कमा भएको खेलमा नेदरल्यान्ड्सका बोटिक भान गी ज्यान्डसयपलाई ६-४ ६-४ ६-२ को सोझो सेटमा पराजित गरे ।

गतवर्ष अस्ट्रेलियन ओपनको फाइलनमा पुगेका मेडभेडेभले युएस ओपनको उपाधि जितेका थिए । सन् २०१७ देखि ग्रान्डस्लाम टेनिसमा डेब्यु गरेका मेडभेडेभ त्यसअघि सन् २०१९ को युएस ओपनको फाइनल पुगेका थिए ।

मेडभेडेभले अन्तिम १६ मा अमेरिकाका म्याक्सिम क्रेसीको सामना गर्नेछन् ।

क्रेसीले तेस्रो चरणमा अस्ट्रेलियाका क्रिस्टोफर ओकोनेललाई ६-२ ६-७ (६-८) ६-३ ६-२ को सेटमा पराजित गरे ।

सन् २०२० देखि ग्रान्डस्लाम टेनिसमा डेब्यु गरेका क्रेसी गत वर्ष ओपनको दोस्रो चरणबाट बाहिरिएका थिए ।