अस्ट्रेलियन ओपन

नाडाल अन्तिम १६ मा

मेलबर्न । कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेको राफेल नाडाल वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रे्लियन ओपनको चौथो चरणमा प्रवेश गरेका छन् ।

विश्व वरियताको पाँचौ स्थानमा रहेका नाडालले रुसका करेन खाचनोभलाई ६-३ ६-२ ३-६ ६-१ को सेटमा पराजित गरे ।

नाडाल यसपटक कीर्तिमानी २१औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा छन् । हालसम्म नाडालसँगै नोभाक जोकोभिच र रोजर फेडेररले समान २० पटक ग्रान्डस्लाम जितेका छन् ।

नाडाल गत वर्ष ओपनको क्वाटरफाइलनबाट बाहिरिएका थिए ।

ओपनको अन्तिम १६ मा नाडालले फ्रान्सका एड्र्यिन मनारिनोसँग प्रतिस्पर्धा गर्नेछन् । मनारिनोले तेस्रो चरणमा अस्लान कारात्सेभलाई ७-६ (७-४) ६-७ (४-७) ७-५ ६-४ को सेटमा पराजित गरे ।