अस्ट्रेलियन ओपन

साविक विजेता ओसाका तेस्रो चरणबाटै बाहिरिइन्

मेलबर्न । साविक विजेता तथा विश्व वरियताको १३औं स्थानकी नाओमी ओसाका वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको तेस्रो चरणबाटै बाहिरिएकी छिन् ।

मेलबर्न पार्कमा शुक्रबार भएको खेलमा जापानकी ओसाका अमेरिकाकी अमान्डा अनिसिमोभासँग ४–६ ६–३ ७–६ (१०–५) को सेटमा पराजित भइन् । ओसाकाले पहिलो सेटमा ६–४ को जित निकाले पनि त्यसपछिका लगातार दुई सेटमा अनिसिमोभाले उत्कृष्ट कमब्याक गरिन् ।

सन् २०१६ देखि ग्रान्डस्लाममा डेब्यु गरेकी ओसाकाले दुई पटक अस्ट्रेलियन ओपन र दुई पटक युएस ओपनको उपाधि जितेकी थिइन् ।

वरियताको ६०औं स्थानमा रहेकी अनिसिमोभाले चौथो चरणमा विश्व नम्बर एक अस्ले बार्टीको सामना गर्नेछिन् । बार्टीले क्यामिला जियोर्जीलाई ६–२ ६–३ को सोझो सेटमा पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेकी थिइन् ।