अस्ट्रेलियन ओपन

बार्टी अन्तिम १६ मा

मेलबर्न । विश्व नम्बर एक अस्ले बार्टी अस्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेकी छिन् ।

मेलबर्न पार्कमा शुक्रबार भएको खेलमा अस्ट्रेलियन बार्टीले इटालियन क्यामिला जियोर्जीलाई ६–२ ६–३ को सोझो सेटमा पराजित गरिन् ।

बार्टी गत वर्ष ओपनको क्वार्टरफाइनलबाट बाहिरिए पनि विम्बल्डन च्याम्पियन बनेकी थिइन् । सन् २०१२ देखि ग्रान्डस्लाममा डेब्यु गरेकी बार्टीले सन् २०२० मा अस्ट्रेलियन ओपनको सेमिफाइनलमा पुगेकी थिइन् ।

चौथो चरणमा बार्टीले अमेरिकी अमान्डा अनिसिमोभा र जापानकी नाओमी ओसाकाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछिन् । ओसाका ओपनकी साविक विजेता समेत हुन् ।