अस्ट्रेलियन ओपन

बेरेटिनी अस्ट्रेलियन ओपनको चौथो चरणमा

मेलबर्न । गत वर्षको विम्बल्डन ग्रान्डस्लामका फाइनलिस्ट मटेओ बेरेटिनी अस्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेका छन् ।

शुक्रबार मेलबर्न पार्कमा सम्पन्न खेलमा इटालियन बेरेटिनीले स्पेनका युवा टेनिस स्टार कार्लोस अल्कारेजलाई ६–२ ७–६ (७–३) ४–६ २–६ ७–६ (१०–५) को प्रतिस्पर्धात्मक सेटमा पराजित गरे ।

सन् २०१८ मा ग्रान्डस्लाम टेनिसमा डेब्यु गरेका बेरेटिनी गत सिजन ओपनको चौथो चरणबाट बाहिरिएका थिए । अस्ट्रेलियन ओपनको चौथो चरणबाट बाहिरिए पनि बेरेटिनीले विम्बल्डन ग्रान्डस्लाममा फाइनलसम्मको यात्रा तय गरेका थिए ।

बेरेटिनीले स्पेनका पाब्लो क्यारेनो बुस्टाको सामना गर्नेछन् । बुस्टाले शुक्रबारै भएको खेलमा अमेरिकाका सेबास्टियन कोर्डालाई ६–४ ७–५ ६–७ (६–८) ६–३ को सेटमा पराजित गरे ।

सन् २०१३ देखि ग्रान्डस्लाममा डेब्यु गरेका बुस्टा पछिल्लो सिजन ओपनको तेस्रो चरणबाट बाहिरिएका थिए ।