अस्ट्रेलियन ओपन

मरे र सोरेसको जोडी तेस्रो चरणमा

मेलबर्न । जेमी मरे र ब्रुनो सोरेसको जोडी वर्षको पहिलो ग्रान्डस्लाम अस्ट्रेलियन ओपनको पुरुष डबल्सतर्फको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

शुक्रबार सम्पन्न खेलमा मरे र सोरेसले पहिलो चरण गुमाए पनि दोस्रो र तेस्रो चरणमा उत्कृष्ट ‘कमब्याक’ गर्दै तेस्रो चरणमा स्थान पक्का गरे ।

मरे र सोरेसले सन् २०१६ को विजेता ब्रिटेनका लोयड ग्लासपूल र फिनल्यान्डका ह्यारी हेलियोवाराको जोडीलाई ६–७ (४–७) ७–६ (७–२) ६–१ को सेटमा पराजित गरे ।

मरे र सोरेसको जोडी पछिल्लो वर्ष ओपनको सेमिफाइनलमा पुगेका थिए ।

यी दुईले तेस्रो चरणमा इटालियन जोडी सिमोन बोलेल्ली तथा फाबियो फगनिनी र क्रोयसियन इभालन डोडिग तथा ब्राजिलियन मार्सेलो मेलोको विजेतासँगै प्रतिस्पर्धा गर्नेछन् ।