अस्ट्रेलियन ओपन

राडुकानु अस्ट्रेलियन ओपनको दोस्रो चरणबाट बाहिरिइन्

मेलबर्न । गत वर्ष युएस ओपन च्याम्पियन बनेकी इम्मा राडुकानु अस्ट्रेलियन ओपनको दोस्रो चरणबाट बाहिरिएकी छन् ।

पहिलो चरणमा स्लोएन स्टेफनलाई ६–० २–६ ६–१ को नतिजामा पराजित गर्दै दोस्रो चरणमा आइपुगेकी विश्व वरियताको १७औं स्थानकी राडुकानु डांका कोभिनिचसँग २–१ सेटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी हुन् ।

पहिलो सेट ६–४ को नजितामा डांकालाई सुम्पिएकी राडुकानुले दोस्रो सेट ४–६ ले आफ्नो पक्षमा पारेकी थिइन् । यद्यपि, तेस्रो सेटमा ६–३ को हार बेहोरेसँगै राडुकानु प्रतियोगिताको दोस्रो चरणबाटै बाहिरिनु पर्यो ।

गत वर्ष छनोटबाट युएस ओपसम्म पुगेकी राडुकानुले एक सेट नगुमाई उपाधि उचालेकी थिइन् । उनलाई हराउँदै तेस्रो चरणमा पुगेकी डांकाले सिमोना हालेप बेट्रिज हड्डाड माइयाको विजेतासँग खेल्ने छिन् ।