अस्ट्रेलियन ओपन

अस्ट्रेलियन ओपन: टियाफोलाई हराउँदै फ्रिट्ज तेस्रो चरणमा

मेलर्बन । विश्व वरियताको ३४औं स्थानका फ्रेन्चेस टियाफोलाई ६–४ ६–३ ७–६ (७–५) को सेटमा हराउँदै २२औं स्थानका टेलर फ्रिट्ज बिहीबार अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

गत वर्ष तेस्रो चरणबाट बाहिरिएका फ्रिट्जले २०१६ यता अस्ट्रेलियन अ‍ोपन खेलिरहेका छन् । टियाफोले २०१७ मा अस्ट्रेलियन ओपनमा डेब्यु गरेका थिए । २०१९ मा क्वार्टरफाइनल पुगे यता टियाफो २०२० मा पहिलो चरण र २०२१ मा दोस्रो चरणबाटै बाहिरिएका थिए ।

फ्रिट्जले अस्ट्रेलियन ओपनको तेस्रो चरणमा विश्व वरियताको १८औं स्थानका स्पेनिस खेलाडी रोबर्टाे बाउटिस्टा अग्टसँग प्रतिस्पर्धा गर्नेछन् ।

बिहीबारै भएको दोस्रो चरणको खेलमा अग्टले वरियताको एक सय ३४औं स्थानका फिलिप कोलस्राइबरलाई ६–१ ६–० ६–३ को सेटमा हराएका थिए ।

अग्ट २०१९ मा अस्ट्रेलियन ओपनको क्वार्टरफाइनलसम्म पुगेका थिए । गत वर्ष भने उनी पहिलो चरणबाटै बाहिरिनु परेको थियो ।