अस्ट्रेलियन ओपन

अस्ट्रेलियन ओपनः मार्टेन्स तेस्रो चरणमा

मेलर्बन । विश्व वरियताको २६औं स्थानकी एलिस मार्टेन्स बिहीबार वरियताको ६४औं स्थानकी इरिना क्यामेलिया बेगुलाई हराउँदै अस्ट्रेलियन ओपनको तेस्रो चरणमा पुगेकी छन् ।

मेलर्बन पार्कमा सम्पन्न दोस्रो चरणमा मार्टेन्सले   बेगुलाई ६-३ ६-२ को सोझो सेटमा पराजित गरिन् ।

२०१८ मा पहिलो पटक अस्टे«लियन ओपन खेलेकी मार्टेन्स पहिलो सहभागितामै सेमिफाइनलसम्म पुगेकी थिइन् । त्यसपछि उनी २०१९ मा तेस्रो चरण, २०२० र २०२१ मा चौथो चरणबाट बाहिरिएकी थिइन् ।

बेगु गत वर्ष पहिलो चरणबाटै बाहिरिएकी थिइन् । हालसम्म उनको अस्ट्रेलियन ओपनमा त्यति राम्रो रेकर्ड छैन । उनले २०१२ देखि अस्ट्रेलियन ओपन खेल्दै आएकी छन् ।

मार्टेन्सले तेस्रो चरणमा वरियताको ७४औं स्थानकी सुआइ जाङसँग खेल्नेछिन् । बिहीबारै भएको खेलमा वरियताको १२औं स्थानकी एलेना रेबाकिना ६-४ १-० हुँदा रिटाएर हर्ट भएपछि जाङ तेस्रो स्थानमा पुगिन् ।

जाङ गत वर्ष अस्ट्रेलियन ओपनमा पहिलो चरणबाटै बाहिरिएकी थिइन् ।