अस्ट्रेलियन ओपन

स्वायटेक अस्ट्रेलियन ओपनको तेस्रो चरणमा

मेलर्बन । विश्व वरियताको नवौं स्थानकी इगा स्वायटेक अस्ट्रेलियन ओपनको तेस्रो चरणमा पुगेकी छन् ।

बिहीबार मेलर्बन पार्कमा भएको दोस्रो चरणको खेलमा स्वायटेकले वरियताको ८२औं स्थानकी रेविक्का पिटरसनलाई ६-२ ६-२ को सोझो सेटमा सहजै पराजित गरिन् ।

गत वर्ष अस्ट्रेलियन ओपनमा चौथो चरणबाटै बाहिरिएकी स्वायटेक २०२० मा फ्रेन्च ओपनको च्याम्पियन हुन् । उनले २०१९ देखि अस्ट्रेलियन ओपन खेल्दै आएकी छिन् ।

२०१९ देखि अस्ट्रेलियन ओपन खेल्दै आएकी पिटरसन गत वर्ष पहिलो चरणबाटै बाहिरिएकी थिइन् ।

स्वायटेकले तेस्रो चरणको खेलमा वरियताको २३औं स्थानकी रसियन खेलाडी डारिया कासत्किनासँग खेल्नेछिन् ।

कासत्किनाले दोस्रो चरणको खेलमा बिहीबारै वरियताको ५३औं स्थानकी म्याग्डा लिनेटलाई ६-२, ६-३ को सोझो सेटमा हराउँदै तेस्रो चरणमा पुगेकी हुन् ।

लिनेट पहिलो पटक अस्ट्रेलियन ओपनको दोस्रो चरणबाट बाहिरिएकी हुन् ।