अस्ट्रेलियन ओपन

अस्ट्रेलियन ओपनः विश्व नम्बर तीन मुगुरूजालाई हराउँदै कर्नेट तेस्रो चरणमा

मेलर्बन । विश्व नम्बर तीन गार्बिन मुगुरूजालाई पराजित गर्दै एलिज कर्नेट बिहीबार अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेकी छिन् ।

६१औं वरियताकी कर्नेटले मेलर्बन पार्कमा भएको दोस्रो चरणको खेलमा मुगुरूजालाई ६-३ ६-३ को सोझो सेटमा हराइन् ।

दोस्रो चरणमा सहज जित निकालेकी कर्नेटले चौथो चरण पुग्नका लागि वरियताको २९औं स्थानकी टमारा जिदानसेकसँग खेल्नेछिन् ।

कर्नेटले २००६ देखि अस्ट्रेलियन ओपन खेल्दै आएकी छिन् । उनी गतवर्ष दोस्रो चरणबाटै बाहिरिएकी थिइन् । सन् २००९ मा चौथो चरण प्रवेश गर्नु नै अस्ट्रेलियन ओपनमा कर्नेटको अहिले सम्मकै ठूलो सफलता हो ।