नाओमी ओसाका

ओसाका अस्ट्रेलियन ओपनको तेस्रो चरणमा

मेलर्बन । विश्व वरियताको १३औं स्थानकी नाओमी ओसाकाले अस्ट्रेलियन ओपनको तेस्रो चरणमा प्रवेश गरेकी छन् । 

बुधबार मेलर्बन पार्कमा भएको दोस्रो चरणको खेलमा वरियताको ५४औं स्थानकी म्याडिसन ब्रेङ्गललाई ६–० ६–४ को सोझो सेटमा हराइन् ।

ओसाकाले २०१९ र २०२१ मा दुई पटक अस्ट्रेलियन ओपनको च्याम्पियन रहिसकेकी छिन् । यस्तै, उनले २०१८ र २०२० मा युएस ओपनको उपाधि पनि जितिसकेकी छिन् । ओसाकाले २०१६ देखि अस्ट्रेलियन ओपन खेल्न सुरू गरेकी थिइन् ।

२००७ देखि अस्ट्रेलियन ओपन खेल्दै आएकी ब्रेङगल चौथो चरणबाट अगाडि जान सकेकी छैनन् । उनी गत वर्ष दोस्रो चरणबाटै बाहिरिएकी थिइन् ।

ओसाकाले चौथो चरण पुग्नका लागि वरियताको ६०औं स्थानकी अमान्डा एनिसिमोभासँग खेल्नेछन् ।